शुक्रबार, २१ वैशाख २०८१

भारतको ३८.५३ करोड सहयोगमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निकको शुभारम्भ

समयपोष्ट २०७६ कार्तिक १९ गते १८:२२

Advertisement

मकवानपुरको हेटौंडामा नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ ।

मंगलबार प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको समुपस्थितिमा नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको हो ।

व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको भा.रु. ३८.५३ करोड अनुदान सहयोगमा निर्माण भइरहेको छ ।

उक्त कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश नं ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायत ६०० भन्दा बढी स्थानीय तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

Advertisement

एम् एस निमार्ण कन्सल्ट्याण्टस् प्राइभेट लिभिटेड (पि एम सि)ले परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा तथा एम एस टेलिकम्युनिकेसन्स कन्सल्टट्याण्ट इण्डिया लिमिटेड (टिसिआइएल)ले परियोजना ठेकदारको रुपमा ३२ एकड भन्दा बढी क्षेत्रफलमा यस पोलिटेक्निकको निर्माण गरिरहेका छन् ।

 

यस पोलिटेक्निक परियोजनाको कूल निर्माण क्षेत्रफल १९,२०० वर्ग मिटर रहनेछ । यस पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको छ । यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

 

आजको यस परियोजना शुभारम्भ कार्यक्रम भारत नेपालबीच रहेको मैत्री सम्बन्धको अर्को प्रमाण हुनुका साथै व्यवसायिक तथा सीप विकासका क्षेत्रमा पूर्वाधार सुदृढिकरण गर्ने नेपाल सरकारको प्रयासमा हातेमालो गर्ने भारत सरकारको प्रतिबद्धताको रुपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री