सिइओ नेगीले सम्हाले एभरेष्ट बैंकको कार्यभार
समयपोष्ट
२०७६ कार्तिक १ गते १०:३७
एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को कार्यभार गजेन्दर कुमार नेगीले सम्हालेका छन्। नव नियुक्त सीईओ नेगीले ते बिहीबार देखि कार्यभार सम्हालेका हुन् ।
नव नियुक्त सीईओ नेगी यसअघि पञ्जाव नेशनल बैंकमा नायव महाप्रबन्धकको रुपमा कार्यरत थिए। एभरेष्ट बैंकमा पञ्जाब नेशनल बैंकको २० प्रतिशत शेयर लगानी रहेको छ ।
एभरेष्ट बैंकमा यस अघि सोमेश्वर सेठ बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए। बैंकका निवर्तमान सीईओ सोमेश्वर सेठको कार्यकाल असोज २९ सम्म रहेको थियो । सेठ पञ्जाब नेशनल बैंकको नयाँ दिल्लीस्थित कर्पोरेट अफिसमा पदस्थापन भएका छन् ।
प्रतिक्रिया