प्राइम लाइफको बोनस शेयर पारित, चुक्ता पूँजी २ अर्ब ७९ लाख पुग्ने
प्राइम लाइफ इन्स्योरेन्सको बोनस पारित भएको छ । कम्पनीको असोज ७ गते सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित बोनस पारित गरेको हाे ।
साधारणसभाले हालको चुक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख रुपैयाँको १२.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।
साधारणसभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।
बोनस शेयर वितरणपछि चुक्ता पूँजी २ अर्ब ७९ लाख रुपैयाँ पुग्नेछ। काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले सातैवटा प्रादेशिक, शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी १४० भन्दा बढी स्थानबाट सेवा दिइरहेको छ । कम्पनीले विभिन्न १६ किसिमका जीवन बीमालेखहरू प्रचलनमा ल्याएको छ ।
इन्स्योरेन्सले २०७६ भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बीमालेख बिक्री गरी कुल १५ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ । कम्पनीको जीवन बीमाकोषको आकार ८ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया