मंगलबार, ६ साउन २०८२

कुरिनटारमा प्रभु बैंकको १९६ औं शाखा सञ्चालनमा

समयपोष्ट २०७६ असोज ६ गते १३:१४

प्रभु बैंक लिमिटेडले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाअध्यक्ष गीता कुमारी गुरुङ्गले गरिन् ।

कार्यक्रममा अध्यक्ष गुरुङ्गले बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताइन् ।

गुरुङ्गले बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि मात्र भएको नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताइन् ।

कार्यक्रममा कुरिनटार शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको कुरिनटार शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कुरिनटार शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री