एन आई सी एशिया बैंकको पिओएस सेवा सुचारु
समयपोष्ट
२०७६ असोज १ गते १०:३२
एन आई सि एशिया बैंकका डेविट तथा क्रेडिट कार्डहरु अन्य बैंक वित्तीय संस्थाका एटिएम तथा पोण्ट अफ सेल्स (पिओएस)मा चल्ने भएको छ ।
बैंकद्धारा बुधबार जारी सुचनामा आजबाट बैंकका डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु अन्य बैंक वित्तीय संस्थाका एटिएम तथा पिओएसमा चल्ने व्यवस्था मिलाईएको उल्लेख छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
प्रतिक्रिया