मंगलबार, ६ साउन २०८२

एन आई सी एशिया बैंकको तीन नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७६ भदौ २९ गते १९:४९

एन आई सी एशिया बैंकले तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाद्धारा आइतबार जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको समुद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको समुद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार तथा खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको समुद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल गरेका हुन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री