मंगलबार, ६ साउन २०८२

राष्ट्र बैंकले जारी गर्यो एक अर्ब ५८ करोडको ऋणपत्र

समयपोष्ट २०७६ भदौ १७ गते १५:५७

नेपाल राष्ट्र बैंकले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

मंगलबार बैंकले एक सूचना प्रकाशित गर्दै क, ख र ग वर्गका बैंकका लागि लगानीको रकम समेत तोकेर शिलबन्दी दरभाउपत्र आह्वान गरेको हो । ‘क’ वर्गका बाणिज्य बैंकहरुका लागि रु एक अर्ब २६ करोड ८६ लाख लगानी रकम छुट्याएको छ भने बैंकले ‘ख’ र ‘ग’ वर्गका लागि क्रमशः २३ करोड ७८ लाख र ७ करोड ९२ लाख व्यवस्थापन गरेको छ ।

बैंकले आगामी बिहीबार भाद्र १९ गते दिनको ३ बजे भित्र आफुले लिन चाहेको रकम र सो रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर शिलबन्दी दरभाउपत्र मार्फत रकम माग गर्न बैंकहरुलाई आह्वान गरेको छ ।

उक्त लगानी मिति २०७६ असोज १ गते देखि २०६६ भदौ ३१ गते सेप्टेम्बर १८, २०१९ देखि सेप्टेम्बर १६, २०२० सम्म १ वर्षका लागी लगानी गर्न चाहेको राष्ट्र बैंकले जनाएको छ । ३६५ दिने मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेगरी लगानी गर्न चाहेको समेत राष्ट्र बैंकद्धारा जारी लगानीपत्रमा बताइएको छ । लगानीका लागि बैंकहरुले शर्तहरु भने पुरा गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री