मंगलबार, ६ साउन २०८२

एन आई सी एशिया चाड पर्व लक्षित योजना: खातामा रकम पठाउँदा ३७५ रुपैयाँ बोनस तथा विप्रेषण सेवामा १०० को रिचार्ज कार्ड

समयपोष्ट २०७६ भदौ १३ गते १५:४०

एन आई सी एशिया बैंकले दशैं तथा तिहारलाई लक्षित गर्दै थप सुविधायुक्त योजना ल्याएको छ ।

उक्त योजनामा हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट प्राप्त गर्नेछन् ।

उक्त विप्रेषण रकम यस बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ ।

यो योजना अंग्रेजी महिनाको सेप्टेम्बर १, २०१९ देखि अक्टोबर ३१, २०१९ सम्म दुई महिनाको लागि लागू हुनेछ । यो सुविधाबाट चाडपर्वको समयमा झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने र ग्राहकहरुले उच्चतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री