सोमबार, २४ वैशाख २०८१

सानिमा बैंकले जारी गरेको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन, अहिलेसम्म कति बिक्यो ?

समयपोष्ट २०७५ पुष १६ गते ११:१०

Advertisement

सानिमा बैंकले जारी गरेको ऋणपत्रमा आवेदन गर्ने सोमबार अन्तिम मिति रहेको छ । बैंकले कार्तिक ३० गते देखि प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको ३८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनमा ल्याएको थियो ।

खुल्ला गरिएको कुल ३ लाख ८० हजार कित्ता ऋणपत्रमा आइतबारसम्म एक लाख ३४ हजार ९१२ कित्ताको लागि मात्रै आबेदन परेको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्रीप्रबन्धक काठमाडौं क्यापिटल मार्केट मर्चेन्ट बैंकिङ्गका अनुसार करिब डेढ महिना सम्मको अवधिमा दुई हजार ७६६ जनाले एक लाख ५४ हजार ९१२ कित्ता माग गर्दै आबेदन परेको छ । यस अनुसार अझै २ लाख ४५ हजार ८८ कित्ता बिक्री हुन बाँकी छ ।

बैंकको ऋणपत्र तोकिएको अवधिमा बिक्री नभएपछि पुस २ गते देखि १५ दिन समय थप गरेको थियो । निष्कासित ऋणपत्र पूर्ण रुपमा बिक्री नभए बिक्री भएको ऋणपत्र बाँडफाँड गर्ने र बिक्री नभएको ऋणपत्र केही समयपछि पुनः निष्कासन तथा बिक्री खुला गर्ने योजना रहेको बिक्रीप्रबन्धक काठमाडौं क्यापिटल मर्चेन्टले जनाएको छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ । दश वर्ष अवधिको ‘१० प्रतिशत सानिमा डिबेन्चर–२०८५’ मा यो वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री