बुधबार, २ जेठ २०८१

गुल्मीको रानीबासमा प्रभु बैंकको नयाँ शाखा विस्तार

समयपोष्ट २०७५ पुष १५ गते १४:५१

Advertisement

प्रभु बैंकले गुल्मी जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारबाट गुल्मीस्थित रुरु गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा
नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाको परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली एक कार्यक्रमकाबीच समुद्घाटन गरे । बैंकले उक्त अवसरमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा समेत उपलब्ध गराएको बज्ञप्तीमा उल्लेख छ ।

समुद्घाटन कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन,चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमको उपस्थिती रहेको थियो ।

समुद्धघाटन कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यावसायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री