आइतबार, ६ जेठ २०८१

युनिभर्सल पावरको २१ करोड रूपैयाँ बराबरको साधारण शेयर आजबाट खुल्यो

समयपोष्ट २०७५ पुष १५ गते १२:२७

Advertisement

युनिभर्सल पावर कम्पनीले २१ करोड ३५ हजार रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आजबाट एक सय रुपैयाँ अंकित मुल्यको
२१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीको सेयरमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयहरुले आवेदन दिन सक्नेछन् । स्थानीयले यस आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । कम्पनीले आईपिओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन् । आईपिओमा आवेदन गर्ने अन्तिम दिन पुस २९ गतेसम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री