शुक्रबार, ४ जेठ २०८१

ग्राण्डी अस्पतालमा एनिभर्सरी स्पेशल स्वास्थ्य परिक्षण प्याकेज

समयपोष्ट २०७५ पुष १२ गते १८:००

Advertisement

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो छैटौं बार्षिकोत्सबको अवसर पारेर एनिभर्सरी स्पेशल स्वस्थ्य परिक्षण प्याकेज अघि सारेको छ ।

दुइहजार उन्नाइस रुपैंयामा स्वास्थ्य परिक्षण गर्न सकिने ब्यवस्था सहित अघि सारिएको अफरमा स्वास्थ्य परिक्षणका लागि दुईवटा प्याकेजहरुको ब्यवस्था रहेको छ ।

पहिलो प्याकेजमा बोन मिनरल डेन्सिटोमेट्री- बिएमडी, फिजियो थेरापी तथा अर्थो कन्सल्टेशन समावेश गरिएको छ भने दोश्रो प्याकेजमा फास्टीङ ब्लड सुगर, लिपिड प्रोफाइल,युरिक एसिड,क्रियाटिनिन,एएलटी,हेमाटोलोजी प्रोफाइल (सिबिसि), युरिन रुटिन, इसिजी तथा चिकित्सकसँगको परामर्श समावेश गरिएको छ ।

यो स्वास्थ्य परिक्षण प्याकेज जनवरी महिनाको एक तारेख देखी १५ तारेखसम्म लागू  हुने अस्पतालले जनाएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आगामी जनवरी ३ तारेखकादिन आफ्नो छैटौं बार्षिकोत्सब मनाउँदैछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री