आइतबार, ६ जेठ २०८१

गुडविल फाइनानसले नगद लाभांश वितरण गर्ने

समयपोष्ट २०७५ पुष १२ गते ११:२८

Advertisement

गुडविल फाइनानसले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट करअघि प्रतिशेयर नगद लाभांश ५.२६३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो।

बैठकले चुक्ता पूँजीको ५.२६३ प्रतिशतले हुन आउने ४ करोड २१ लाख ५ हजार २६३ रुपैयाँ १६ पैसा लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र फाइनान्सकाे आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री