मंगलबार, ३ असार २०८२

नयाँ वर्षको उपलक्ष्यमा ड्याट्सन गाडीमा बोनान्जा अफर

समयपोष्ट २०७५ पुष १२ गते ९:२५

Advertisement

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले क्रिसमस तथा नयाँ वर्ष २०१९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु समक्ष “ड्याट्सन बोनान्जा अफर” सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विभिन्न उपहारहरु प्राप्त गर्न सक्ने छन् । लायल्टी बोनस, फाइनान्सिङ्ग सुविधा, आकर्षक उपहार, १ वर्षको गाडीको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नेछन् । कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा प्राप्त गर्न पनि सक्नेछन् ।

यसरी यस योजना अन्तर्गत ड्याट्सन गाडी खरिदमा अधिकतम १ लाख ९० हजारको छुट, १ लाख १० हजार बराबरको निःशुल्क एक्सोसरिज, २ वर्षको स्वास्थ्य बीमा योजनाको फाइदा प्राप्त गर्न सक्नेछन् ।आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि यसका विशेषताहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री