बुधबार, २५ असार २०८२

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त

समयपोष्ट २०७५ पुष ११ गते १२:५६

Advertisement

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन् । उनलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो । उपाध्यायले अबको चार बर्ष बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।

बैंकमा १७ जनाले आवेदन दिएका थिए । यसमध्ये ५ जनालाई सर्टलिस्ट गरिएको थियो। सर्ट लिष्टमा कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी ३ जना र २ जना राष्ट्रिय वाणिज्य बैंकका पुर्व कर्मचारी छानिएका थिए । बैंक सञ्चालनको कार्ययोजनाका आधारमा छानिएका अन्य चार प्रतिस्पर्धिलाई पछाडि पार्दै उपाध्ययले सिइओमा बाजी मार्न सफल भए ।

उपाध्यायसँग कृषि विकास बैंकको विभिन्न विभागमा बसेर लामो समय काम गरेको अनुभव छ । उपाध्यायको शपथग्रहण कार्यक्रम आजै राखिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएको थियो । सिटौला खुल्ला प्रतिष्पर्धाबाट २०७१ साल मंसिर २८ गते कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री