मंगलबार, ३ असार २०८२

जब नबोलाइएको विवाहमा पुगे रणबीर (भिडियोसहित)

समयपोष्ट २०७५ पुष ३ गते ४:५०

रणबीर सिंह अपकमिंग मुभि सिम्बाको प्रोमोशनमा व्यस्त छन् । फिल्मको प्रामोशनका लागि उनले कुनै कसर बाँकी राखेका छैनन् ।

Advertisement

यसै सिलसिलामा उनी भर्खरै मात्र आमन्त्रणनै नगरिएको विवाहमा सरिक भएर सबैलाई चकित तुल्याएका छन् । सोसल मिडियामा रणबीरको यो भिडियोबारे निकै चर्चा भइरहेको छ ।

रणबीर सिम्बा फिल्मको प्रोमोशनको सिलसिलामा मुम्बईको एक होटलमा बसेका थिए । यसै होटलमा एउटा विवाहको भइरहेको थियो । रणबीर त्यही विवाहमा पुगेर दुलहा–दुहलीसमेत विवाहमा उपस्थित सबैलाई चकित तुल्याए । रणबीरले दुलहा–दुलहीलाई भेटेर बधाई पनि दिए र पाहुनासँग फोटो पनि खिचाए ।

https://www.instagram.com/p/BrfbgsEjAX9/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री