संसदीय सुनुवाई समितिमा ४ राजदूतको नाम सर्वसहमतिले अनुमोदन भएको छ ।
आइतबार भएको संसदीय सुनुवाई समितिको बैठकमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम अनुमोदन भएको हो ।
प्रस्तावित राजदूतको प्रस्तुतिकरणपछि उनीहरु राजदूतका लागि उपयुक्त ठहर गर्दै निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।









प्रतिक्रिया