
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १० हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ३ सय ५ रुपैयाँले ओरालो लागेको हो।
बजारमा शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट देखिएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यसअघि बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा मूल्य घटेको व्यवसायीहरूले बताएका छन्।










प्रतिक्रिया