शुक्रबार, १६ चैत २०८०

समता माइक्रोफाइनान्सले जारी गर्यो ९४ हजार ८ सय कित्ता आइपिओ

समयपोष्ट २०७३ पुष १२ गते ५:२४

समता माइक्रोफाइनान्सले ९४ हजार ८ सय कित्ता शेयर सर्वसाधारणकालागि जारी गरेको छ । १०० रुपैयाँ अंकित मूल्यका शेयर न्युनतम ५० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाइनेछ । १ हजार ८९६ कित्ता शेयर कर्मचारी , ४ हजार ७४० कित्ता म्युचुअल फण्डहरुलाई आरक्षित गरिएको  छ । आइपिओ पुस १९ मा बिक्री खुला गरी छिटोमा पुस २२ र ढिलोमा माघ ४ गते बन्द गर्ने निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ  । २०७० भदौमा सञ्चालनमा आएको कम्पनीको चुक्ता पूँजी हाल दुई करोड २१ लाख २० हजार रुपैयाँ रहेको छ भने शेयर बाँडफाँड पछि कम्पनीको पूँजी तीन करोड १६ लाख रुपैयाँ पुग्नेछ ।  कम्पनीले गत आर्थिक बर्षमा ६२ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। आवेदन नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु, एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट, बारा स्थित माइक्रोफाइनान्सको कार्यालय लगायत बिभिन्न ११ संस्थामा शेयर बुझाउन सकिने कम्पनीले जनाइएको छ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री