बिहीबार, १३ वैशाख २०८१

 पेट बढेर हैरान हुनुहुन्छ ? अपनाउँनुहोस् यि उपाय 

समयपोष्ट २०७३ पुष १० गते ८:३८


कुर्सीमा बसेर गर्ने काम,गलत खानपान,हर्मोनल चेञ्जेज जस्ता कारण अत्याधिक मोटोपन हुनेगर्दछ । मोटोपनको सिधा असर पेटमा पर्ने र पेट अस्वाभाविक रुपमा ठूलो हुने गर्दा मानिसलाई मोटोपनले थप तनाव दिने गर्दछ । बाहिर निस्किएको पेट घटाउँन सकिन्छ तर त्यसको लागि खानपानमा बद्लाव ल्याउँनुपर्ने बिज्ञहरु बताउँछन् ।
१.स्वास्थ्य बिज्ञहरुका अनुसार गहुँको रोटीको सट्टा चना र जौको पिठोको रोटी खाँदा लाभदायक हुनेगर्दछ । चना र जौमा क्यालोरी र कार्वोहाईड्रट एकदम कम मात्रामा पाईन्छ । 
२.खाना एकपटक धेरै नखानुहोस् । दुई या तिन घण्टाको बिचमा थोरै थोरै खानुहोस् । यसले पेटको क्यालोरी कम गर्न मद्त गर्दछ । 
३.खाना खाँदै पानी खाँदै कहिले नगर्नुुहोस् । यसो गर्नाले खाना सही तरिकाले पच्न सक्दैन र पेटमा फ्याट जम्मा हुन्छ । खाना खाएको दस या पन्ध्र मिनेट पछि पानी खाने गर्नुहोस् । 
४.हरेक दिन एक गिलास पानीमा एक चम्चा सौफ उमालेर पिउँने गर्नुहोस । यसले पाचन प्रकृया सुधार्छ भने पेटको फ्याट कम गर्न मद्त गर्दछ । 
४.नरिवलको पानीमा इलेक्ट्रोलाईट पाईने हुँदा यसले पेटको फ्याट कम गर्दछ । 
५.हरेक दिन एक गिलास मनतातो पानीमा एक चम्चा मह मिसाएर खाने गर्नुहोस् । यसले फ्याट छिटो कम गर्दछ । 
६.बिहान प्रोटिनयुक्त नास्ता अण्डा,दुध,केरा,र फ्रुट जुस जस्ता स्वस्थकर चिज लिने गर्नुहोस् । फ्रुट जुस लिदा चिनी हाल्नुहुँदैन । 
७.हरेक दिन दुई देखि तिन किलोमिटर मार्निङ वाक जाने गर्नुहोस । 
८.ग्रिन टिमा पर्याप्त मात्रामा थायानाईन नामक एमिनो एसिड पाईन्छ । जसले भोकलाई कन्ट्रोल गर्ने गर्दछ । फ्याट कम गर्न ग्रिन टि लिदा लाभदायक हुन्छ । ९.एक दिनमा तिन देखि चार गिलास मन तातो पानी खाने गर्नुहोस। यसले पेटको फ्याट कम गर्नै मद्त  गर्दछ । 
१०.हरेक दिन चार देखि पाँच ओटा बदाम खाने गर्नुहोस् । यसमा भएको भिटामिन E,पोलिस्याचुरेटेड,मोनोस्याचुरेडेटले भोग कन्ट्रोल गर्न लाभदायक मानिन्छ । यसले पेटको फ्याट कन्ट्रोल गर्न सहयोग गर्छ । 
११.हरेक दिन एक कचौरा दही खाने गर्नुहोस् । यसमा भएको क्याल्सियमले पेटमा फ्याट बढाउँने कर्टिसोल हर्मोनको लेवललाई कन्ट्रोल गर्दै पेट घटाउँन मद्त गर्दछ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री