शनिबार, १५ वैशाख २०८१

उत्कृष्ट १० साझेदारलाई आईएमईले गरायो थाईल्यान्ड भ्रमण

समयपोष्ट २०७३ पुष ५ गते ६:१२

नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले १०  उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । २०७२ साल पौष देखि २०७३ साल असारसम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई आइएमईले भ्रमणमा गराएको आइएमईले जनाएको छ  ।

Advertisement

आईएमईसँग नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई सेण्टर रहेको छ । आइएमईले देशको  ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्ट , बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा विश्वसनीय र सुरक्षित तवरबाट छिटो, छरितो वितरण गर्दै आईरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री