शुक्रबार, १४ वैशाख २०८१

रहेनन् मुस्ताङी पूर्वराजा जिग्मेदोर्जे

समयपोष्ट २०७३ पुष १ गते ९:४९

मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको निमोनिया र 'हार्ट फेल'का कारण गएराती निधन भएको छ । ८६ वर्षीय विष्टको गएराती १२.५० मा ओम अस्पतालमा निधन भएको हो ।  लामो समयदेखि श्वासप्रश्वासको समस्या भएका उनलाई  गत मंगलबार ओम अस्पताल भर्ना गरिएको थियो ।

Advertisement

उनी मुस्ताङका राजा आङ्गुन तेन्जिङ त्रान्दुलका तेस्रो छोरा हुन् ।  उनको जन्म उपल्लो मुस्ताङको लोमान्थाङमा भएको थियो । उनलाई सन् १९५९ मा राजा आङ्गुनको उत्तराधिकारीको रुपमा नेपालका तत्कालीन राजाले मान्यता दिएका थिए । हाल विष्टको शव बौद्ध गुम्बामा राखिएको छ र साइत हेराएर मात्र अन्तिम संस्कार गर्ने पारिवारीक स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री