मंगलबार, ६ साउन २०८२

सन नेपाल लाइफको ७५% ब्याज छुट अभियान

समयपोष्ट २०८१ पुष ३ गते १६:४०

सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ।

इन्स्योरेन्सले पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको जनाएको छ ।
कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यआर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने, ग्राहक र उनीहरुको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने, ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उहाँहरूको सुरक्षालाई निरन्तरता दिने, ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री