असी प्रतिशत नागरिक दन्त उपचार सेवाबाट वञ्चित

मुलुकमा ८० प्रतिशत नागरिक अझै पनि दन्त उपचार सेवाबाट वञ्चित रहेका छन् ।
काठमाडौँको वसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज तथा अस्पतालले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मुलुकमा अझै पनि ८० प्रतिशत जनता दन्त उपचार सेवाबाट वञ्चित रहेका जानकारी दिइएको हो ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यको समस्या अधिकांश नेपालीमा रहे पनि यसको उचित उपचार हुन नसकेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको भन्दै उहाँले दन्त सेवामा सबै नेपालीको पहुँच नपुग्दा ८० प्रतिशत जनता उपचारबाट वञ्चित हुनुपरेको जानकारी दिनुभयो ।
डा श्रेष्ठका अनुसार नेपालमा ४५ वर्षभन्दा कम उमेरमा ‘पाइरियाका’ले गर्दा दाँत झर्ने, दाँतमा किरा लाग्ने, गिँजाको रोग तथा मुखको क्यान्सरलगायत समस्याहरू देखिएका छन् । नेपाल मेडिकल काउन्सिलमा हाल चार हजार आठ सय ८३ दन्त चिकित्सक तथा सात सय ५६ जना दन्त विशेषज्ञ रहेका उहाँले जानकारी दिनुभयो ।
डा श्रेष्ठले अधिकांश ग्रामीण भेगका जनताले चेतनाको अभाव, उपचार पहुँच नहुनुलगायत कारणले उपचार नपाउँदा दाँच किराले खाने, गिँजाको रोग ९दन्तहर्षा तथा पाइरिया०, बाँङ्गोटिङ्गो दाँत भएको, मुखमा घाउ खटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर, ट्युमर, सिस्ट तथा अन्य समस्याबाट पीडित हुने गरेका बताउनुभयो ।
सन् २००७ डिसेम्बरमा स्थापना भएको कान्तिपुर अस्पताल तथा कलेजले एक लाख ५० हजारभन्दा बढी दन्त स्वास्थ्य बिरामीमा सेवा पु¥याउनुका साथै एक हजारभन्दा बढी दन्त चिकित्सक उत्पादन गरिसकेको छ । यसबाहेक सो अस्पतालले हालसम्म देशभरका ६० भन्दाबढी जिल्लामा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।
 




























 
	
प्रतिक्रिया