पशुपन्छी बजार प्रवर्द्धधन निर्देशनालयका निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


पशुपन्छी बजार प्रवर्द्धधन निर्देशनालयका कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको साफेबगर नगरपालिका वडा नम्बर ८ मा रहेको हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रालीलाई प्रक्रिया नपुर्‍याई हचुवाको भरमा रकम दिएको भन्दै डा.बलराम थापा, लेखा अधिकृत रामप्रसाद बजगाई, पशु विकास अधिकृत डा.पूजा शर्मा, जिल्ला पशु सेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल र पोलीटेक्निक इन्स्टिच्युट प्रालीका अध्यक्ष लोकबहादुर बोहोरा, व्यवस्थापक सुरतबहादुर भुल र पुष्कर भण्डारीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

Advertisement

उनीहरु सातै जनाविरुद्ध ४४ लाख ४२ हजार ८६१ रुपैयाँ बिगो सहित जरिवाना सहितको सजायको माग गर्दै मुद्दा दायर भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष ०७३–०७४ मा पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम अन्तरगत उक्त प्रालीसँग भएको सम्झौतामा २०७४ जेठ १५ सम्म काम सम्पन्न गर्नेगरी अनुदान रकम भुक्तानी लिने उल्लेख थियो ।

तर लागत साझोदारीमा निर्मित पशु हाट बजार सञ्चालनमा नरहेको, उक्त पशु हाट बजार परिसर जग्गा धनी आफैले नियन्त्रणमा लिई व्यक्तिलाई भाडामा दिएको, उक्त संरचना निर्माणको स्थलगत नापजाँच गर्दा नापी किताबका केहि आइटमको काम नभएको, केहि आइटमको कम काम भई बढी मूल्यांकन भएको र केहि आइटमको दोहोर मूल्यांकन भई बढी भुक्तानी भएको पाइएको छ ।

त्यसरी ६३ लाख ४६ हजार ९४३ रकम मध्ये लागत साँझेदारीको आधारमा कार्यालयले व्यहोर्नुपर्ने ७० प्रतिशत बापत हुने रकम ४४ लाख ४२ हजार ८६१ हिलसाइड उक्त कम्पनीलेलाई झुट्टा विल भरपाई समेतको आधारमा बढी भुक्तानी गराएको पुष्टि पाइएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री