शुक्रबार, ७ वैशाख २०८१

कहिले पनि नरोप्नुस घरमा यि बिरुवा 

समयपोष्ट २०७३ मंसिर २४ गते ८:४२

वास्तु शास्त्रको अनुसार घरमा मनि प्लाण्ट रोप्नु अति शुभ मानिन्छ । ज्योतिषका अनुसार मनी प्लाण्ट शुक्र ग्रहको कारक हो । शुक्रको उपस्थितीमा श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर हुने गर्दछ । यस्ता छन् अन्य (फेंगसुइ) चिनियाँ वास्तु टिप्स :-

Advertisement

: घरमा काडादार र दुध निक्लने बिरुवा लगाउँनु अशुभ मानिन्छ । काँडाले नकारात्मक उर्जा उत्पन्न गर्दछ । गुलाब जस्ता काँडा भएका बिरुवा लगाउँन सकिने भए पनि गुलाबलाई घरको छतमा राख्दा उत्तम हुने गर्दछ । 

: घरमा बाँसको विरुवा लगाउँनु पनि शुभ मानिन्छ । फेंगसुईको अनुसार बाँसको बिरुवा  सुख र समृद्धिको प्रतीक हो । 

: घर अथवा अफिसमा हरेक दिन फुलदानीमा ताँजा फुल राख्दा अति शुभ हुने गर्दछ । यसले सकारात्मक उर्जालाई बढाउँने गर्दछ । ताजा फुलको गुच्छाले ताजगी र सौभाग्य बृद्धि गर्दछ । सुकेको पात र फुलको गुच्छाले नकारात्मक उर्जा उत्पन्न गराईदिन्छ । 

: बेडरुममा कुनै पनि किसिमको बिरुवा लगाउँनु हुँदैन । यसले दाम्पत्य जीवनमा एकदम नराम्रो असर पार्दछ । डाईनिंग अथवा ड्रईंग रुममा भने बिरुवा राख्न सकिन्छ । 

: यदि घरको भित्तामा पिपल उम्रिएको छ भने त्यसलाई पूजा गरेर निकाली गमलामा रोप्नु पर्दछ । पिपल बृहस्पती ग्रहको कारक मानिन्छ । 

: बोनसकाईका बिरुवाहरु कहिले पनि घरमा तयार गर्नु हुँदैन र बाहिरबाट ल्याएर रोप्नु पनि हुँदैन । वास्तुशास्त्रका अनुसार बोनसाईको बिरुवाले घरमा भएका सदस्यहरुको आर्थिक विकासलाई  रोकिदिन्छ । 
 

: तुलसीको बिरुवा एकदम कल्याणकारी,बहुउपयोगी, पवित्र एवं शुभ मानिन्छ । तुलसी मा एंटीबायोटिक सहित अनेक औषधीय गुण हुनेगर्दछ । तुलसीको बिरुवाले बायु प्रदुषण पनि कम गर्ने गर्दछ । यसलाई घरको ब्रहम स्थल यानि बिच भागमा लगाउँनुपर्दछ । त्यसो त यस बिरुवालाई घरको कुनै पनि कुनामा लगाउँन सकिन्छ । तुलसीलाई फोहोर ठाउँमा रोप्नु भने हुँदैन ।

: गुलाफ,चम्पा,चमेली घरमा लगाउँनु राम्रो मानिन्छ । यसले मानसिक तनावलाई कमी गर्दछ । 
 

: बेडरुमको नैऋत्य कोणमा टेराकोटा या चीनी माटोको गमलामा सुर्यमुखि फुलको असली अथवा नक्कली फुल लगाउँन सकिन्छ ।  
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री