मंगलबार, ११ वैशाख २०८१

कलाकार आरपी भट्टराईको निधन

समयपोष्ट २०७३ मंसिर २४ गते ६:०८

हाँस्य कलाकार आरपी भट्टराईको आज बिहान निधन भएको छ ।मोरङको विराटनगरस्थित फुपूको घरमा सुतेकै अवस्थामा उनको निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी उच्च रक्तचापबाट पिडित थिए ।
कलाकार भट्टराई डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका थिए । उनी हाँस्य टेलिचलचित्र तीतोसत्यमा  ‘लाजालाम’ पात्रबाट दर्शकमाज लोकप्रिय थिए ।  उनले दर्जनौं टेलिफिल्म,फिल्म, म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री