बुधबार, १२ वैशाख २०८१

क्यासीको उपाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्वाचित

समयपोष्ट २०७३ मंसिर २१ गते ३:३८

एशिया प्रशान्त क्षेत्रको उद्योग वाणिज्य समुहको सर्वोच्च छाता संगठन कन्फडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्रिज (क्यासी) को उपाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्वाचित भएका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रवन्ध निर्देशक हुन्।एशिया प्रशान्त क्षेत्रमा आर्थिक समृद्धि, व्यापारिक साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सन १९६६ मा यो संस्था स्थापना भएको हो।
क्यासीमा रसिया, कोरिया, जापान, ताइवान, भारत, पाकिस्तान, थाइल्यान्ड, इरान, बङलादेश, हङकङ, अस्ट्रेलिया, मलेशिया, सिंगापुर लगायत २६ राष्ट्रका कुल २८ उद्योग संगठनहरु सदस्य छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री