शनिबार, ८ वैशाख २०८१

मेगा बैंकले १३.२५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद सेयर

समयपोष्ट २०७३ मंसिर २० गते ८:१७

मेगा बैंकले १३.२५ प्रतिशत बोनस सेयर दिने भएको छ। कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश समेत दिने कम्पनीले जनाएको छ। बैंक संचालक समितिको बैठकले बोनस वितरण पश्चात ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाइ वितरण गरिनेछ ।

Advertisement

बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । केही समय अगाडि मात्र बैंकले २५ प्रतिशत हकप्रद बिक्री गरेको थियो । २५ प्रतिशत हकप्रदपछि बैंकको पूँजी चार अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसमा १३.२५ प्रतिशत बोनस र फेरि ६५ प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ५७ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री