एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत नगद लाभांश पारित
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चुक्ता पुद्दजीको १५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ।
कम्पनीको शुक्रबार भएको छैटौं वार्षिक साधारण सभाले सेयरधनीलाई २६ करोड ९ लाख १६ हजार रुपैयाँ(कर प्रयोजनसहित) नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो। सभाले गत आर्थिक २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक आर्थिक विवरण पनि पारित गरेको छ।
सभामा संस्थापक एनआईसी एशिया बैंकका तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दीपक ढकाल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोषकुमार राठीसमक्ष सपथ गरेका छन्।
बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेका ढकाल एन आई सी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।
प्रतिक्रिया