बुधबार, २५ असार २०८२

आई.एम.ई. लाइफको भक्तपुर शाखा स्तानान्तरण

समयपोष्ट २०८० मंसिर २९ गते १७:३६

Advertisement

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपि· कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरिएको छ।

उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन आज सम्पन्न भएको छ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गर्नुभएकोहो । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानिय महानुभावहरुको उपस्थिति रहेको थियो।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्नुहुने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो।

Advertisement

कार्यक्रममा ५० भन्दा बढीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री