आइतबार, २३ वैशाख २०८१

नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढ्यो, झण्डै ४ अर्बको कारोबार

समयपोष्ट २०७९ पुष १२ गते १६:१५

Advertisement

नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा रु तीन अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा दुई सय दुई वटा कम्पनीको शेयर मूल्य बढेको छ भने जम्मा आठ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । सबै समूहका उपसूचकहरु हरियो देखिएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ७२ दशमलव २१ अंकले बढेको छ । त्यस्तै, निजीवन बीमा समूहको उपसूचक दुई सय ८३ दशमलव ४२, होटल तथा पर्यटन समूहको उपसूचक एक सय १७ दशमलव ०१, विकास बैंक समूहको उपसूचक सय दशमलव ३९ र जलविद्युत् समूहको उपसूचक ९५ दशमलव ३५ अंकले बढेको छ ।

Advertisement

आज बैंकिङ समूहको उपसूचक ३५ दशमलव ०७, वित्त समूहको उपसूचक ६७ दशमलव ७३, लगानी समूहको उपसूचक तीन दशमलव ६८, उत्पादन समूहको उपसूचक ७२ दशमलव ३७, लघुवित्त समूहको उपसूचक ५५ दशमलव ५६ र अन्य समूहको उपसूचक ३७ दशमलव ०२ अंकले बढेको छ ।

आजको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा लक्ष्मी बैंक लिमिटेडको सबैभन्दा धेरै रु २० करोड ९४ लाख ९० हजार पाँच सय नौ बराबरको १० लाख ७० हजार पाँच सय ९९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री