आइतबार, २३ वैशाख २०८१

दुई दिनमा मै नेप्से ११५ अंकमाथिले वृद्धि

समयपोष्ट २०७९ पुष १२ गते १५:४२

Advertisement

मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ ।

सोमवार ५६ अंकले बढेको नेप्से आज ५९.८७ अंकले वृद्धि भएको हो ।

दुई दिनमा नै ११५ अंकमाथिले बढ्दै नेप्से सूचक १९ सय ८३ विन्दुमा उक्लिएको छ ।

लामो समयपछि आज ३ अर्ब माथिको कारोबार हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार झण्डै ६० अंकले नेप्से बढेको यसदिन ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर कारोबार भएको छ ।

Advertisement

१३ वटै उपसूचक १.४ प्रतिशतदेखि ४.६८ प्रतिशतले बढ्दा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लोगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री