आइतबार, २३ वैशाख २०८१

फरवाड लघुवित्तले ३० प्रतिशत लाभांश वितरण गर्ने

समयपोष्ट २०७९ पुष १२ गते ११:५९

Advertisement

फरवाड लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने छ ।

यस्तै, कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको छ ।

Advertisement

कम्पनीले यही पुस ३० गते वार्षिक साधारण सभा डाकेको छ । सञ्चालक समितिले गरेको प्रस्ताव वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै पारित हुने छ ।

यसका लागि कम्पनीले पुस १७ गतेलाई बुक क्लोजको मिती तोकेको छ । जसअनुसार पुस १६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश पाउनेछन् ।

कम्पनीले आकर्षक लाभांश वितरणको प्रस्ताव गरेपछि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढेपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३ सय २३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री