आइतबार, २३ वैशाख २०८१

गरिमा क्यापिटलद्धारा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओको जानकारी दिन सहायताकक्ष सञ्चालनमा

समयपोष्ट २०७९ पुष ११ गते १७:३७

Advertisement

गरिमा क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष सञ्चालनमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्कासन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका “२०७९” अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्टयाइनेछ ।

सार्वजनिक निष्कासनमा आवेदन दिनका लागि निम्न उल्लेखित मापदण्डहरु पुरा गरेको हुनु पर्दछ :

१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्नेछ ।
२. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपी) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ ।

Advertisement

३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सि–आश्वा रजिष्ट्रेशन नम्बर – CRN लिनु पर्नेछ ।

४. आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा रु ५०,००० (अक्षरेपीः पचास हजार रुपैयाँ) आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्नेछ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

ग्राहकहरुको हितलाई मध्यनजर राख्दै “हरेक नेपाली सेयरधनी” अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपरोक्त विषय बारे जानकारीे प्रदान गरी सहजीकरण गर्नका निमित्त गरिमा क्यापिटल लिमिटेडमा सहायताकक्ष (HELPDESK) सञ्चालनमा ल्याइएको हाे ।

गरिमा क्यापिटल लिमिटेडको HELPDESK मा देहाय बमोजिमका विशेष जानकारीको लागि कम्पनीको ल्याण्डलाईन नम्बर वा VIBER/WHATSAPP/BOTIM मार्फत सम्पर्क गर्न सक्नेछन् :

१. बैंकमा रेमिट्यान्स बचत खाता खोल्नको लागि,

२. डिम्याट/हितग्राही र मेरो सेयर खाता खोल्नको लागि,

३. बैंकबाट सिआरएन (CRN) नम्बर लिनको लागि,

४. सार्वजनिक निष्कासनमा (IPO) आवेदन दिनको लागि,

ग्राहकहरुले उपरोक्त प्रयोजनको लागि वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता (Foreign Employment IPO Savings Account) र हितग्राही तथा मेरो सेयर खाता गरिमा विकास बैंक लिमिटेडको वेवसाईट garimabank.com.np मा गई वा Online मार्फत यस लिंक https://bit.ly/3hCYVQz मा Click गरी खोल्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री