आइतबार, २३ वैशाख २०८१

नयाँ सरकारलाई सेयर बजारको स्वागत

समयपोष्ट २०७९ पुष ११ गते १५:३३

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनको पहिलो दिन नै सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार नेप्से ५६.८६ अंक बढेर १९२४.०७ विन्दुमा उक्लिएको छ । । यस दिन सेन्सेटिभ इण्डेक्स ८.३८ अंक, फ्लोट इण्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २५० स्टकको ३८ हजार ५५३ पटकको कारोबारमा २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका २५० स्टकमध्ये २३२ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। यस दिन आधा दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस बाहेक ६ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन नेपाल टेलिकमको शेयरमूल्य सर्वाधिक ५.५६ प्रतिशत घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ६.५२ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकभने यस दिन २.२९ प्रतिशत घटेको छ। नेपाल टेलिकमको शेयरमूल्य घटेका कारण यस उपसमूहको परिसूचक घटेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री