आइतबार, २३ वैशाख २०८१

दुई बिमासहित तीन कम्पनीको शेयरमूल्य समायोजन

समयपोष्ट २०७९ पुष ८ गते ९:३८

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा दुई बिमासहित तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

शुक्रबार प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन प्राइम लाइफको १३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत र गरिमा विकास बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात प्राइम लाइफको शेयरमूल्य ५०३ रुपैयाँ ५४ पैसा कायम भएको छ। नेपाल इन्स्योरेन्सको ३८७ रुपैयाँ ९६ पैसा र गरिमाको ३३० रुपैयाँ ९७ पैसा कायम भएको छ।

Advertisement

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा प्राइम लाइफको शेयर प्रतिकित्ता ५६९ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४१९ रुपैयाँ र गरिमाको ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री