सोमबार, २४ वैशाख २०८१

सीडीएससीले शतप्रतिशत नगद लाभांश दिने

समयपोष्ट २०७९ पुष ७ गते १०:४२

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सहायक कम्पनी सिडीएस एण्ड क्लियरिङ लिमिटेडले शतप्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शतप्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

यो कम्पनीमा नेप्सेको शतप्रतिशत लगानी रहेकोले सम्पूर्ण लाभांश रकम नेप्सेले नै पाउने छ ।

कम्पनीले पुस २८ गते आफ्नै कार्यालयमा साधारण सभा आह्वान गरेको छ ।

Advertisement

साधारण सभा संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

लेआर्थिक वर्ष २०७८ / ७९ को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा/ नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्नेछ ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने छ । यस्तै आ.व.२०७८/७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव माथि छलफल गरी पारित गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री