बिहीबार, २७ वैशाख २०८१

बीरगञ्जमा नेपाल बीमा प्राधिकरणको प्रदेश कार्यालय सञ्चालनमा

समयपोष्ट २०७९ मंसिर २७ गते १३:२१

Advertisement

नेपाल बीमा प्राधिकरणले बीरगञ्जमा प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गरे ।

यसअघि, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिएका प्राधिकरणका प्रदेश कार्यालयहरूको उद्घाटन भइसकेको छ ।

प्राधिकरणको प्रदेश कार्यालयबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम संचालनका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण, बीमाको दायरा विस्तारका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय लगायतका कार्य सम्पादन हुने प्राधिकरणले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री