सोमबार, ७ जेठ २०८१

सङ्खुवासभाको तुम्लिङटारमा दुई सातापछि उडान

समयपोष्ट २०८१ वैशाख २७ गते २१:३२

Advertisement

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ ।

खराब मौसमका कारण दुई सातादेखि ठप्प उडान पानी परेर तुवाँलो हटेपछि सुरू गरिएको नागरिक उड्यान प्राधिकरण तुम्लिङटारले जनाएको छ ।

तुम्लिङटार विमानस्थलमा जनवरी देखियता ४४ भन्दा बढी उडान अवरुद्ध भइसकेका छन् । गत वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदैआएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपर भिजिबिलिटी आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री