सोमबार, ७ जेठ २०८१

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

समयपोष्ट २०८१ वैशाख २७ गते २०:३९

Advertisement

ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।

महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज एक समारोहका बीच शौचालयको शुभारम्भ गर्नुभयो । त्यसअवसरमा उहाँले ललितपुर महानगरभित्रका शौचालयहरू सफा र आपङगतामैत्री बनाउँदै लगेको बताउनुभयो । “शौचालय भन्नेबित्तिकै फोहर र गन्हाउँछ भन्ने आमधारणा छ । त्यो धारण बदल्न महानगरले शौचालय सुधारमा जोडदिएको छ । शौचालयको सहजरूपमा प्रयोग गर्नेगरी सफासुग्घर राख्ने हाम्रो योजना छ । सोहीअनुसार हाल शौचालय निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो ।

असल अभ्यासहरु अवलोकन गर्ने क्रममा करिब डेढ वर्षअघि बङ्गलादेश पुग्दा शौचालय पनि त्यति धेरै सफा र राम्रा हुँदा रहेछन् भन्ने थाहा पाएपछि महानगरका सबै वडामा त्यस्तै सुविधासम्पन्न शौचालय बनाउने गरी योजना अगाडि बढाएको उहाँको भनाइ छ । महानगरपालिकाले लगनखेलमा पनि जावलाखेल, मङ्गलबजार र पाटनढोकामा जस्तै अत्याधुनिक शौचालय बनाउने तयारी गरिरहेको छ । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहेको नगरप्रमुख महर्जनले जानकारी दिनुभयो ।

महानगर वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्याधिक चापभएका ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा धेरै नागरिकहरू लाभान्वित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वडामा सदर चिडियाखाना छ । यहाँ भ्रमणमा आउनेहरूका लागि शौचालयको धेरै समस्या पर्नेगरेको छ । त्यसैलाई मध्यनजरगरी सञ्चालनमा ल्याइएको यो सार्वजनिक शौचालयले थोरै भए पनि समस्या गर्न सघाउपुग्ने छ ।”

Advertisement

कार्यक्रममा सामाजिक संस्था एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र शुभारम्भले मात्रै नहुने भन्दै त्यसको दीर्घकालीन व्यवस्थानमा ध्यानदिनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले खानेपानी, सरसफाइ र स्वच्छतालाई संस्थाले प्राथमिकतामा राखेर काम गरिरहेको र शौचालयको दिगो व्यवस्थापनका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नं ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माणका काम भइरहेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री