
सत्ता गठबन्धनले गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धनलाई निरन्तरता दिदैँ गठबन्धनकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।
बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षासमेत गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।
। बैठकमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेताहरू सहभागी थिए ।









प्रतिक्रिया