बिहीबार, १३ वैशाख २०८१

नेपालकै पहिलो फ्लाइओभर निर्माण शुक्रबारबाट, चौध महिनामा सम्पन्न हुने

समयपोष्ट २०७९ मंसिर १९ गते १२:०५

Advertisement

अर्को साताबाट ललितपुरको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइ ओभर निर्माण सुरु हुने भएको छ ।

फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको र शुक्रबारदेखि निर्माण सुरु गरिने सडक विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुने छ भने लम्बाइ ५ सय मिटरको हुने छ ।

बालकुमारीबाट सुरु हुने फ्लाइ ओभर बी एण्ड बी अस्पतालमा टुङ्गिने छ ।

ग्वार्कोबाट इमाडोल र मंगलबजार जाने सवारी साधन फ्लाइ ओभरको तलबाट गुड्ने छन् भने सातदोबाटो हुदै कलंकी जाने सवारीसाधन फ्लाइओभरबाट गुड्ने छन् ।

१४ महिनामा निर्माण सम्पन्न हुने गरी एमरएस आशिष–समानान्तर (जेभी)ले ठेक्का पाएको छ ।

फ्लाइ ओभर निर्माणको तयारी भएसंगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले काम सम्पन्न नहुन्जेलसम्मका लागि सवारी लेन तोकेको छ ।

कार्यालयका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट संचालन गरिने छ ।

कोटेश्वरबाट सातदोबाटो तर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६०० मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री