बिहीबार, १३ वैशाख २०८१

सिभिल बैंकको गो क्यासलेस अभियान नेपालगञ्ज र जानकीमा सुरु

समयपोष्ट २०७९ मंसिर १७ गते १८:४८

Advertisement

सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसरमा नेपालगञ्ज र जानकीमा क्यासलेस अभियानको समुद्धघाटन गरेको छ ।

जानकीको कार्यक्रम जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीया र नेपालगन्जको नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न भयो ।

जानकीको कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक सुरत बहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिको अध्यक्ष अमर बहादुर बिष्ट, स्थानिय बुध्दिजिवि मोहन उपाध्याय, टिकापुर रिक्सा व्यवसायी मुल समितिका अध्यक्ष लोक बहादुर बुढा क्षेत्री, जानकी अटो सेवाको अध्यक्ष तथा अटो चालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वर प्रसाद महतो, विभिन्न टेम्पू व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकीलाई उक्त अभियानको लागि छनौट गरेकोमा बैंकलाई धन्यवाद दिईन् ।

उनले बैंकको उक्त अभियानले जनतालाई डिजिटल माध्यमबाट वैंक कारोबार गर्न बैङ्किङ साक्षरता प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

त्यसैगरी नेपालगन्जमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगंजका उपनिर्देशक छवी लाल घिमिरे, नेपालगंज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पू व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

डिजीटल पेमेन्ट सिस्टमले गर्दा ग्राहकहरुले सुबिधा सँगै सुरक्षा प्रदान गरेको नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले बताए ।

जतिको बिल आयो त्यति रकम मात्रै डिजीटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावस्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले बताए ।

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि वैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री