शुक्रबार, ७ वैशाख २०८१

यो दिशामा सिरानी बनाउँदा कहिल्यै हुँदैन धनको कमी, विद्यार्थी कुन दिशा तर्फ फर्केर सुत्ने ?

समयपोष्ट २०७७ पुष १५ गते १४:०६

Advertisement

कुन दिशामा सिरानी राखेर सुत्दा कस्तो लाभ हुन्छ भन्ने हिन्दु धर्म शास्त्रमा बताईएको छ । जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला पनि दिशाको ख्याल गर्नुपर्ने हुन्छ ।

वास्तु शास्त्रको अनुसार पूर्व दिशामा सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन । यसरी सुत्दा सकारात्मक उर्जा प्राप्त हुने उल्लेख गरिएको छ । भने, यसरी सुत्दा एकाग्रता समेत बढ्ने बताइन्छ ।

पश्चिम दिशामा सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पनि बढ्ने विश्वास गरिन्छ ।

उत्तर दिशामा सिरानी राखेर सुत्नु हिन्दु धर्म शास्त्रमा खतरनाक मानिन्छ । यो दिशामा सिरानी राख्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने बताइन्छ ।

यसैगरी, दक्षिण दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । दक्षिण दिशामा सिरानी राख्दा जीवनमा धन, खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । साथै, यसरी सुत्दा सकारात्मक उर्जा समेत प्राप्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री