चिनियाँ उच्चस्तरीय टोली खुमलटारमा

चार दिने भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको उच्चस्तरीय टोलीले नेपाल आएलगत्तै उच्चस्तरीय भेटघाट सुरु गरेको छ ।

Advertisement

आइतबार काठमाडौं ओर्लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेको टोली सोमबार खुमलटार पुगेको छ ।

चिनियाँ टोली अहिले नेकपा (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भेटवार्ता गरिरहेको बताईएको छ ।
प्रचण्डलाई भेटेपछि चिनियाँ टोलीले आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने बताईएको छ ।

नेकपा विवाद र संसद विघटनपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री