पहिलोपटक रणबीरले स्विकार गरे आलियासंगको प्रेम सम्बन्ध
समयपोष्ट
२०७७ पुष ११ गते ११:२९
रणबीर कपूरले पहिलोपटक सार्वजनिकरुपमा आलिया भट्टलाई आफ्नो प्रेमिका बताएका छन् ।
पत्रकार राजीव मसन्दलाई दिएको अन्तरवार्तामा रणबीरले भने, ‘तपाईंलाई थाहा छ मेरी प्रेमिका आलिया ओभर एचिभर हुन् । उनले गिटारदेखि लिएर स्क्रिन राइटिङसम्म सम्भवतः हर अनलाइन क्लास लिएकी छन् । उसको अगाडी म आफूलाई अन्डर एचिभर महसुस गर्छु ।’
रणबीर भन्छन्, ‘यदी महामारीले हाम्रो जीवनमा हमला नगरेको भए मेरो विवाह भइसकेको हुन्थ्यो । तर म यसलाई अभागी भन्न चाहन्नँ । म चाँडै आफ्नो जीवनको यो लक्ष्य पनि पूरा गर्नेछु ।
अन्तरवार्तामा रणवीर पिता ऋषि कपुरसँग बिताएको पछिल्लो दुई वर्षसम्झिएर निकै भावुक बने थिए ।
प्रतिक्रिया