शुक्रबार, १४ वैशाख २०८१

पठाओका ग्राहक तथा चालकहरुको एभरेष्ट इन्स्योरेन्समा बीमा

समयपोष्ट २०७७ पुष ९ गते १२:२६

Advertisement

पठाओ नेपाल प्रा.लि. र एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. विच पठाओमा सम्पूर्ण ग्राहक तथा चालकहरुको बिमा गर्ने /गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार अब पठाओको एप मार्फत सहजीकरण गरिएको उपलब्ध सेवाहरु प्रयोग गर्ने कुनै पनि ग्राहक तथा चालकहरुको दुर्घटनाको कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु  पाँच लाखसम्मको विमा हुने भएको छ । यस्तै सेवा लिने तथा सेवा दिनेहरुको बढीमा रु.एक लाखसम्मको दुर्घटना उपचार बिमा समेत हुने भएको छ ।

‘एप प्रयोग गरि सेबा लिने/दिने सवैले यस प्रकारको बिमाबाट फाईदा पाउन सक्ने भएकोले अब ढुक्क भई सेवा उपभोग गर्न गराउन समेत हामी सबैलाई हादिक अनुरोध गर्दछौं , – पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान बस्न्यातद्धारा जारी प्रेस नोटमा भनिएको छ, ‘ यी दुवैै सुविधाहरू उपयोग गर्नका लागि दुर्घटना भएपश्चात्त ३० दिन भित्र विमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निबेदन गर्नु पर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री