मंगलबार, १८ वैशाख २०८१

सूर्यज्योति लाइफद्धारा वार्षिक साधारणसभा आह्वान

समयपोष्ट २०८० चैत ३० गते २०:०४

Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको चैत २९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २१ गते आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९।८०का लागि प्रस्तावित बम्पर लाभांश अनुमोदन गर्नेछ। जसमा कम्पनीको हाल कायम चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँबराबरको बोनस शेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

सभाले बोनस शेयर वितरणपछि हुने शेयर संरचनाबमोजिम जारी पुँजी तथा चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम आवश्यक संशोधन गर्ने र कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७९।८० मा सूर्यज्योति लाइफ इन्स्योरेन्स तथा साविक ज्योति लाइफ इन्स्योरेन्सबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षक आर्थिक प्रतिवेदनसहित २०७९ पुस ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९।८० को मिति २०७९ पुस गतेको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री