आइतबार, ६ जेठ २०८१

राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषद् बीच सम्झौता,उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिम संचालन गरिने

समयपोष्ट २०७७ पुष २ गते १७:०९

Advertisement

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । साथै, सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौता पछी हट्ने बताउँदै लाखौ युवाहरु उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले यो तालिमले युवालाई व्यवसाय र शिप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताउनुभयो । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा राष्ट्रिय युवा परिषद्का उपसचिव कमला ज्ञवालीले युवाहरुलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

Advertisement

कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरु सरोज बस्नेत, राज्य लक्ष्मी खड्गी, युवा उद्यमी संजालका संयोजक लोचन बस्नेत, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री